• १९ असोज २०८३, सोमबार
  • ५ः५८ बेलुका

ज्ञानेन्द्र शाही आज जीवनकै सर्वोत्कृष्ट दिनमा रहेको लिङ्देनको टिप्पणी

प्रकाशित मिति

२०७८ फाल्गुन ६ गते, शुक्रबार ०३:२५

६ फागुन २०७८ काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का संयोजक ज्ञानेन्द्र शाहीलाई ‘जीवनकै सर्वोत्कृष्ट दिन’ मा रहेको टिप्पणी गरेका छन् । संयोजक शाहीसहित ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का सदस्यहरुलाई शुक्रबार राप्रपामा औपचारिक रुपमा प्रवेश गराउँदै लिङ्देनले यस्तो बताएका हुन् ।

National Life

अध्यक्ष लिङ्देनले ज्ञानेन्द्र शाही र उनको नेतृत्वको रहेको अभियानले जीवनमा कयौं राम्रो काम गरेको हुन सक्ने बताए । शाही र उनको समूहले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, घुस नलिइ काम नहुने अवस्थामा प्रतिवाद गरेर सामान्य नागरिकलाई सरकारी सेवामा सहजता प्रदान गर्ने, विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने जस्ता कयौं राम्रा काम गरेको हुन सक्ने लिङदेनको भनाइ थियो । ती काम व्यक्ति विशेष, क्षेत्र विशेष र समूह विशेषका लागि केन्द्रित भए पनि आज राप्रपामा प्रवेश गर्ने काम सिंगो देश र धर्मका खातिर भएको भन्दै उनले यो काम जीवनकै उत्कृष्ट ठहरिएको बताए ।

प्रतिकृया