पेट्रोलियम पदार्थको मूल्य पुन: बढाउने निगमको तयारी
प्रकाशित मिति
२०७८ फाल्गुन ५ गते, बिहीबार ११:११
५ फाल्गुन २०७८, काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै निगमले फेरि मूल्य बढाउने तयारी गरेको हो ।
केही दिनपछि माथिको अनुमति लिएर तेलको मूल्य बढाइने निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । उपाध्यायका अनुसार निगमलाई दैनिक १६ करोडभन्दा धेरै घाटा भइरहेको छ।
निगमले इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल ५ रुपैयाँ ६१ पैसा, डिजेल ५ रुपैयाँ ६२ पैसा र हवाई इन्धन ४ रुपैयाँ ९५ पैसाले बढेको बताएको छ। त्यस्तै, नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएकाले भाउ बढाउने तयारी गरिएको निगमले जनयो ।
कच्चा तेलको मूल्य झन्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा नेपालमा घाटा सहेर तेल बेच्न नसकिने निगमका अधिकारीहरूको भनाइ छ ।








प्रतिकृया