• १९ असोज २०८३, सोमबार
  • १०ः३१ राती

स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगकाे आह्वान, एघार दिनको समय

प्रकाशित मिति

२०७८ फाल्गुन ५ गते, बिहीबार ११:३२

५ फाल्गुन २०७८, काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरिएको हो ।

National Life

स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशित गरी दल दर्ता गर्न आह्वान गरेको हो । सोही अवधिभित्र राजनीतिक दलका तर्फबाट औपचारिकपत्र प्रदान गर्ने पदाधिकारीको दस्तखत नमूना पठाउन पनि भनिएको छ । ती दुवै कार्यका लागि आयोगको राजनीतिक दल व्यवस्थापन शाखाबाट सहजीकरण हुनेछ ।


नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता भएका कुनै पनि दलले तोकिएको निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया