• २३ भदौ २०८३, मंगलबार
  • ११ः४३ बिहान

रेखा थापाले गरिन् कोर्ट म्यारिज

प्रकाशित मिति

२०७८ फाल्गुन २ गते, सोमबार ०६:४३

२ फागुन २०७८, काठमाडौँ : चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्। आफूले केही दिनअघि बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको थापाले जानकारी दिएकी हुन् । थापा र शाही लामो समयदेखि प्रेममा थिए । ४० वर्षीय शाही ठकुरी हाल अमेरिका बस्दै आएका छन् ।

National Life

उनीहरूले काठमाडौँ जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन् । थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए । हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन् ।


अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन् । ३७ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय भएकी थिइन् । गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा थापा महामन्त्रीमा उठेकी थिइन् । उनी पराजित भइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया