• २० असोज २०८३, मंगलबार
  • ३ः१६ दिउँसो

सुनको मूल्य १५ सयले बढ्यो, कारोबार कतिमा ?

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ११:३२

१ फागुन २०७८, काठमाडौं : आज एकै दिन सुनको मूल्यप्रतितोला मूल्य १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको कारोबार मूल्य तोक्दै सुनको १५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

National Life

यससँगै, आज महिनाको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।


यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, आज सुनसँगै चाँदीको कारोबार मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा १२ सय ८० रुपैयाँ रहेको चाँदी आज १३ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य आज एकै दिन २० रुपैयाँले बढेको हो ।

प्रतिकृया