‘फूलको थुँगा’मा अनमोल र सुहाना
प्रकाशित मिति
२०७८ माघ २९ गते, शनिबार १२:२५
अनमोल र सुहाना
२९ माघ २०७८, काठमाडौं : आगामी नयाँवर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत ‘फूलको थुँगा हौ कि’ सार्वजनिक भएको छ । अभिनेत्री झरना थापा निर्देशित फिल्मको गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर, रवि मल्लको शब्द र कल्याण सिंहको संगीत छ ।
शे–फोक्सुन्डोमा खिचिएको गीतको भिडियोमा अनमोल केसी र सुहाना थापा फिचर्ड छन् । गीतमा यो जोडीलाई निकै रोमान्टिक मुडमा देख्न सकिन्छ ।
सुनीलकुमार थापा निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, मित्र डि। गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व छ ।
फिल्मको कथा झरना थापा र स्वर्गीय छेतन गुरुङले लेखेका हुन् । पटकथा र संवादमा उनीहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।








प्रतिकृया