• १९ असोज २०८३, सोमबार
  • ११ः१३ बिहान

नेपाली श्रमिकलाई कोरियामा जान रोक

प्रकाशित मिति

२०७८ माघ २९ गते, शनिबार ०७:३१

२९ माघ २०७८, काठमाडौं : केही दिनदेखि दक्षिण कोरियामा फेरि कोरोना भाइरसको सङ्क्रमण फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ। कोरियाको राजधानी सउलस्थित नेपाली राजदूतावासका अनुसार नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाइएको हो।

National Life

१४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धत गर्दै नेपाली राजदूतावासले जनाएको छ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भइ रोकिएका श्रमिकहरूको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरूलाई तत्काल पठाउने व्यवस्था गर्ने बताए। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकामा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो।

प्रतिकृया