• १८ असोज २०८३, आइतबार
  • ७ः५५ बिहान

पुँजीगत खर्च बढाउन नसक्नु लाजमर्दो विषय : संसदीय समिति

प्रकाशित मिति

२०७८ माघ २९ गते, शनिबार ०६:५१

२९ माघ २०७८, काठमाडौं : सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणतर्फको खर्च बढाउन नसक्दा अलोचना भइरहेको अवस्थामा प्रतिनिधिसभाको एउटा समितिले भने लाजमर्दो अवस्थाको संज्ञा दिएको छ । सरकारले चालू आर्थिक वर्ष २०७८(७९ को बजेटमा अर्धवार्षिक समीक्षा गरेको छ ।

National Life

पुँजीगत खर्चले सामान्य लक्ष्यसमेत भेटाउन सकेको छैन । भौतिक प्रगति न्यून हुँदा पुँजीगत खर्चसमेत बढ्न नसकेको पाइएको छ ।


सरकारले चालू आर्थिक वर्ष २०७८(७९ को बजेटमा अर्धवार्षिक मूल्यांकन समीक्षा प्रतिवेदन सार्वजनिक गरेको दोस्रो दिन शुक्रबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति सदस्यहरूले विकासे मन्त्रालयहरूले पुँजीगत खर्च बढाउन नसक्नु लाजमर्दो विषय भएको बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop
  • राजधानी दैनिकबाट

प्रतिकृया