• १८ असोज २०८३, आइतबार
  • ८ः३७ बिहान

कांग्रेसको रोकिएको १६ जिल्ला अधिवेशन फागुन १३ गते

प्रकाशित मिति

२०७८ माघ २९ गते, शनिबार ०६:५७

२९ माघ २०७८, काठमाडौं : मुलुकमा कोभिड-१९ को कारण रोकिएको नेपाली कांग्रेसको जिल्ला अधिवेशन फागुन १३ गते हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत १६ जिल्ला कार्यसमितिको निर्वाचन हुन बाकी छ ।

National Life

कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड अपनाएर अधिवेशन गरिने समितिले जनाइएको छ । सप्तरी, सिराहा, धनुषा, महोत्तरी सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर बाँके, कैलाली र अछाम सहित १६ जिल्लाको जिल्ला अधिवेशन हुन बाँकी छ ।


यसअघि जिल्लाहरूमा माघ १५ गते अधिवेशन गर्ने निर्णय गरिएको थियो तर कोरोनाका कारण रोकिएको थियो । ६१ जिल्लाको अधिवेशन भने यसअघि नै कांग्रेसले सम्पन्न गरिसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै १६ जिल्लाको महासमिति सदस्य निर्वाचन हुन बाकी भएमा सोही दिन महाधिवेशन प्रतिनिधिबाट महासमिति सदस्यको निर्वाचन गरिने समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले बताए ।

प्रतिकृया