• २३ भदौ २०८३, मंगलबार
  • ६ः२१ बेलुका

चुनावका लागि ५० अर्ब माग भएको छ अर्थमन्त्री शर्मा

प्रकाशित मिति

२०७८ माघ २७ गते, बिहीबार ०५:०५

२७ माघ २०७८, काठमाडौं : अर्थमन्त्री जर्नादन शर्माले आउँदो वर्ष हुने चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएको खुलासा गरेका छन् । उनले स्थानीय चुनावका लागि सुरक्षालगायत अन्य खर्चबाहेक मात्र १२ अर्ब रुपैयाँ माग भएको बताएका हुन् ।

National Life

आज बजेटको अर्धवार्षिक समिक्षामा बोल्दै चुनावका लागि अहिले १० अर्ब रुपैयाँ मात्र छुट्याइएको बताए । चुनावका लागि स्रोत व्यवस्थापनमा चुनौती भएको समेत बताए ।


सरकारले ३० वैशाख २०७९ मा स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ । चुनाव एकै चरणमा गर्ने तयारी छ । २०७९ मा प्रदेश र संघीय संसदको चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसमा पनि ठूलो खर्च हुन्छ ।

Classic Tech Desktop

प्रतिकृया