• २३ भदौ २०८३, मंगलबार
  • ६ः५५ बेलुका

महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७८ माघ २७ गते, बिहीबार ०५:१६

२७ माघ २०७८, काठमाडौं : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज बिहिबार सम्पन्न भएको छ । यस सभा मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

National Life

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्याका बारेमा जानकारी गराएका थिए । अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम बारेमा प्रकाश पारेका थिए ।


सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व.२०७६र०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गरेको छ । स्वतन्त्र संचालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परीक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको रु। ७ लाख ५० हजार खर्चको समेत सभाले अनुमोदन गरेको छ । सभामा सहायक कम्पनी ल्याउने विषयमा पनि छलफल भई आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको छ ।

Classic Tech Desktop

प्रतिकृया