• २० असोज २०८३, मंगलबार
  • १०ः२९ राती

नाइजेरियामा आतंककारीले अपहरण गरेका ३२ जना मुक्त

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार ०१:०१

१८ माघ २०७८, काठमाडौं : नाइजेरियाका आतंककारी बोको हरामले अपहरण गरेका ३२ जनालाई देशका विभिन्न स्थानबाट मुक्त गरिएको यहाँको प्रहरीले जनाएको छ । नाइजेरियाली प्रहरीले सोमबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारी अनुसार नाइजेरियाको विशेष गरी जामफारा राज्यबाट अधिकांश अपहरित व्यक्तिहरु मुक्त भएका हुन् ।

National Life

उनीहरु अपहरण परेको उजुरीपछि प्रहरीले उनीहरुको खोजीका लागि विशेष सुरक्षा दस्ता लगाएको र अपहरणमुक्त गराएको नाइजेरियाली प्रहरीले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो । खोजीका क्रममा उनीहरुलाई गएको बुधबारदेखि आइतबारसम्ममा मुक्त गराइएको सो विज्ञप्तिमा जानकारी दिइएको छ ।


नाइजेरियामा त्यहाँका बोको हराम आतंककारीहरुले धेरैजसो विद्याथी र शिक्षक तथा कहिलेकाहीँ सर्वसाधारण नागरिकलाई अपहरण गरी बेपत्ता बनाउने गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

(एजेन्सी)

प्रतिकृया