• २३ भदौ २०८३, मंगलबार
  • ११ः०८ राती

अनलाइन बिङ्गोका मेनेजर पक्राउ, मुख्य सञ्चालक फरार

प्रकाशित मिति

२०७८ माघ १७ गते, सोमबार १२:४३

माघ १७, २०७८ काठमाडौं : महानगरपालिका–६ बौद्धस्थित प्लटिङमा रहेको एक रेष्टुरेण्टमा प्रहरीले छापा मारेर अनलाइन जुवा ‘बिङ्गो’ खेल्ने ७४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिङ्गो वीरेन्द्र मानन्धर पनि रहेका छन् । काठमाडौं महानगरपालिका–६ घर भएका मानन्धर मोवाइलमा बिङ्गो एप्स डाउनलोड गरेर खेलिने सो अनलाइन जुवाका मेनेजर पक्राउ हुँदा मुख्य सञ्चालक भने फरार छन् ।

National Life

कोभिड–१९ प्रोटोकल वेवास्ता गरेर रेष्टुरेन्टमा ७४ जनालाई प्रवेश अनुमति दिने र फरार रहेका रेष्टुरेण्टका सञ्चालक सुवास घिसिङ हुन् ।


जुवा खेलाडीहरुलाई बिङ्गो एप्समार्फत वीरेन्द्र मानन्धरले अपरेट गरेको सुराकको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धको टोली सो रेष्टुरेण्टमा पुगेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बिङ्गो खेल्ने र खेलाउनेलाई जुवा ऐनअनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिकृया