• २६ भदौ २०८३, शुक्रबार
  • १०ः०६ राती

प्रदेश १ मा आज मन्त्रालयको संख्या टुंग्याइँदै

प्रकाशित मिति

२०७८ माघ १६ गते, आईतवार ०६:२३

१६ माघ २०७८, काठमाडौँ : प्रदेश १ सरकारले आइतबार मन्त्रालय विभाजन गर्ने तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्ने मुख्यमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश १ मा हाल सातवटा मन्त्रालय छन् । नियमावली संशोधन गरी मन्त्रालयको संख्या मुख्यमन्त्री कार्यालयसहित १२ पुर्‍याउने तयारी छ ।

National Life

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विभाजन गर्ने तयारी रहेको बताए । मन्त्रालयको संख्या टुंगो लगाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्रीको तयारी छ । स्रोतका अनुसार उनले मन्त्रिपरिषद‍्को संख्या १५ सदस्यीय बनाउने तयारी गरेका छन् ।


मन्त्रिपरिषद् विस्तारपछि माघ २० गतेदेखि प्रदेशसभा बैठक सञ्चालनको तयारी छ । गत मंसिर १ गते स्थगित भएको प्रदेशसभाको अधिवेशन शुरु भएको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया