• २५ भदौ २०८३, बिहीबार
  • २ः५० दिउँसो

हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक

प्रकाशित मिति

२०७८ माघ १२ गते, बुधबार ०१:३३

१२ माघ २०७८, काठमाडौं : ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक नतिजाअनुसार देशका ७७ जिल्लाहरूमध्ये अधिकांश हिमाली र पहाडी जिल्लाहरूको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको हो ।

National Life

तराईका सबै जिल्लाहरुको जनसंख्या वृद्धिदर धनात्मक छ । हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ, गत २०६८ को जनगणना मा यस्तो जिल्लाको संख्या २७ मात्रै थियो ।


सबैभन्दा ऋणात्मक वृद्धिदर रामेछाम जिल्लामा १.६५ प्रतिशत छ । सवैभन्दा कम जनसंख्या वृद्धि हुनेमा रामेछापसहित खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुर जिल्लामा ३.३२ प्रशित छ । रुपन्देही, चितवन, बाँके र सुनसरी जिल्ला पनि बढी वृद्धिदर भएका जिल्ला हुन्


हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी ९१.८० प्रतिशत वाषिर्क जनसंख्या वृद्धिदर देखिएको छ ।


सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा २०,१७,५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५,६४५ जना छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन् ।


कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्छन् । जिल्लाअनुसार सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैंगिक अनुपात प्यूठान जिल्लाको ८२ छ ।

प्रतिकृया