• २२ भदौ २०८३, सोमबार
  • २ः३३ दिउँसो

भर्चुअल मध्यमबाट जनसम्पर्क समिति फ्रान्सको बैठक सम्पन्न, संरक्षकमा तत्प भण्डारी मनोनित

प्रकाशित मिति

२०७८ माघ ९ गते, आईतवार ०५:१४

९ माघ २०७८, काठमाडौं : जनसम्पर्क समिति फ्रान्सको हिजो बसेको बैठक सभापति सुधिर रानाको सभापतित्वमा भर्चुयल मध्यमबाट सम्पन्न भएको छ। बैठकले श्री तप्त भण्डारीलाई संराकमा मनोनित गरेको छ ।

National Life

नेपाली कांग्रेस म्याग्दी जिल्लाको कार्यालय पूर्व सचिब समेत रहेका भण्डारीलाई मातृभुमिबाट टाढा रहेर पनि नेपाली कांग्रेसको राष्ट्रियता, लोकत्रन्त्र र समाजबादको भावनालाई बिदेशी भूमिमा नेपालीहरु माझ संगठन बिस्तारमा पुर्याएका योगदानको उच्च मुल्यांकन गर्दै जनसम्पर्क समिति फ्रान्सको २०२१-२०२४ कार्यकालको लागि संरक्षक जस्तो गरिमामय पदमा सर्वसहमतिबाट मनोनित गर्दै सम्मान गरेको सुधिर रानाले बताए ।


जनसम्पर्क समिति फ्रान्सका महामन्त्री बिकास के सीले संन्चालन गरेको कार्यक्रममा जनसम्पर्क समिति फ्रान्सका संस्थापक सभापति निर्मल अर्याल, पाकोपन फ्रान्सकी अध्यक्ष श्रीमती सुमित्रा प्रधान, त्यस्तै जसस फ्रान्सका उपसभापति कृष्ण गुरुङले शुभकामना मन्तब्य दिएका थिए। कार्यक्रममा आफ्नो छोटो मन्तब्य राख्दै संस्थाका संरक्षक तप्त भण्डारीले जनसम्पर्क समिति फ्रान्सको बिश्वासलाई डगमगाउन नदिने भन्दै संस्थालाई अझ गतिशील र बृहत्तर बनाउन भूमिका खेल्ने बताए । उक्त कार्यक्रममा जनसम्पर्क समिति फ्रान्सको बिधान अनुरुप दुई जना मनोतित सदस्य मनोनयन गर्ने व्यवस्था अनुसार मिना अधिकारी र दिपेन्द्र दाहाललाई मनोनित गरिएको छ।

Classic Tech Desktop

कार्यक्रममा मन्तब्यको क्रममा सभापति सुधिर रानाले तप्त भण्डारी जस्तो अनुभबी, सामाजिक कार्यको लागि सधै अग्र मोचामा खटेर काम गर्ने निडर अबिभाबक पाएको भन्दै खुशी ब्यक्त गर्नु भयो र तप्त भण्डारीको संरक्षकत्वमा जनसम्पर्क समिति अझै गतिशील हुने भन्दै अग्रजहरुले पार्टी प्रति गरेको योगदानको उच्च मुल्यांकन गर्दै उनीहरुप्रति सम्मान र कदर गर्नु पर्दछ भन्ने धारण राखे । साथै, आफ्नो व्यक्तिगत समस्या देखाउदै जनसम्पर्क समिति फ्रान्सको सभापतिको सम्पुर्ण काम, कर्तब्य र अधिकार संस्थाका बरिष्ठ उपसभापति इन्द्र बस्नेतलाई कार्यवाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरेको घोषणा गरे ।


सभापति रानाको घोषणा संगै कार्यक्रमको कार्यवाहक सभापतिको रुपमा इन्द्र बस्नेतले मन्तब्य राख्दै आफुले पाएको जिम्बेवारी सहजतापुर्वक निभाउने बताउनु भएको थियो र औपचारिक कार्यक्रम समाप्त भएको घोषणा गरे। भर्चुयल कार्यक्रममा जनसम्पर्क समिति फ्रान्सका सम्पुर्ण कार्यसमिति पदाधिकारी, सदस्यहरु साथै क्रियाशील सदस्यहरुको उत्साहपुर्ण उपस्थिति थियो ।

प्रतिकृया