• २२ भदौ २०८३, सोमबार
  • ११ः०१ बिहान

माछापुच्छ्रे बैंकको १ अर्ब एक करोड ६ महिनाको नाफा

प्रकाशित मिति

२०७८ माघ ८ गते, शनिबार ०२:०५

८ माघ २०७८, काठमाडौँ : माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्म एक अर्ब एक करोड रूपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो वर्षको पुस मसान्तभन्दा २१ करोड रूपैयाँले बढी नाफा कमाएको हो । यस्तै बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

National Life

बैंकको पीई रेसियो १६.८४ रहेको जनाएको बैंकले प्रतिसेयर नेटवर्थ १३४.५ रूपैयाँ कायम भएको बताएको छ । बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड २.८७ प्रतिशतमा खुम्चिएको छ ।


बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख रूपैयाँ पुगेको छ ।

Classic Tech Desktop

प्रतिकृया