• २२ भदौ २०८३, सोमबार
  • ११ः१५ बिहान

नेपाल टेलिकमको साइबरनेटिक्ससँग साझेदारी, नमस्ते वाईफाई सेवा थप विस्तार गर्ने,

प्रकाशित मिति

२०७८ माघ ७ गते, शुक्रबार ०५:१२

७ माघ २०७८, काठमाडौं : एफटीटीएच उपलब्ध नभएका सुगमका साथै अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डेटा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ। कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ।

National Life

कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ। माघ ५ गते भएको सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्सका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन्।


फोरजी एलटीई नमस्ते वाईफाईमार्फत टेलिकमले हाल व्यक्तिगत र सरकारी संस्था गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ। व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडव्यान्ड बेसिक आठ सय रुपैयाँमा ६० जीबी ३० दिनका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ। त्यसैगरी, एक वर्षका लागि नौ हजा रुपैयाँमा ७२० जीबी प्याक पाइने टेलिकमले जनाएको छ।

Classic Tech Desktop

यसलाई प्रतिमहिना ६० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ। यी दुवैमा एड अन प्याकको रुपमा चार सय रुपैयाँमा १५ दिनका लागि ६० जीबी प्याक लिन सकिने कम्पनीले जनाएको छ।


होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत १२ सय रुपैयाँमा १२० जीबी प्याक ३० दिनको लागि उपलब्ध हुने बताइएको छ। त्यसैगरी एक वर्षका लागि १३ हजार पाँच सय रुपैयाँमा १४४० जीबी प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ। यसलाई प्रतिमहिना १२० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ। यी दुवैमा एड अन प्याकको रुपमा ६ सय रुपैयाँमा १५ दिनका लागि १२० जीबी प्याक लिन सकिने कम्पनीले जनाएको छ।


सरकारी संस्था प्याकेजमा ३६ सय ५० रुपैयाँ र २१ सय रुपैयाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध रहेको टेलिकमले जनाएको छ। यी प्याकेजबाट अनलिमिटेड डेटा चलाउन सकिने बताइएको छ। वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

प्रतिकृया