• २२ भदौ २०८३, सोमबार
  • १२ः१७ दिउँसो

सत्तारूढ गठबन्धनको बैठक बस्दै

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार ०७:३१

४ माघ २०७८, काठमाडौँ : सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको थियो ।

National Life

सो भेटमा आज गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । अध्यक्ष प्रचण्डसहित नेताहरूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गठबन्धनको बैठक बस्न सकेको थिएन । आजको बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, संसद्को गतिरोध लगायत विषयमा छलफल हुने बताइएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सोमबार दुई नेताबीचको भेटवार्तामा पनि स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको थियो ।


निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे दुई नेताबीच भएको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचित गर्न दुवै नेता सहमत भएका छन् । ​

Classic Tech Desktop

प्रतिकृया