एनसीसी बैंकको वार्षिक साधारण सभा सम्पन्न
प्रकाशित मिति
२०७८ पुष २९ गते, बिहीबार ०३:५८
२९ पुस २०७८, काठमाडौँ : नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४ औ वार्षिक साधारण सभा विहीबार सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्तापूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमापारित गरेको छ ।
सभाबाट पारित ८ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्तापूँजी ११ अर्ब १३ करोड ९६लाख ७८हजार १४पुग्ने बैंकले जनाएको छ । बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८/७९को लेखापरीक्षण कार्यको लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७७/७८ मा ११० अर्ब ८० करोड रुपैयाँ निक्षेप परिचालन गरी ९८अर्ब ३२ करोड रुपैयाँ खुदकर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि १ अर्ब ३३ करोड रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवाप्रदान गर्दै आएको छ ।






प्रतिकृया