• ३० भदौ २०८३, मंगलबार
  • ३ः४१ दिउँसो

रुकुमपूर्व अस्पतालमा स्वास्थ्य बिमा, सुरक्षित गर्भपतन सेवा

प्रकाशित मिति

२०७८ पुष २८ गते, बुधबार ०७:४८

२८ पुस २०७८, काठमाडौँ : रुकुमपूर्व अस्पतालमा स्वास्थ्य बिमा सेवा, १० हप्तासम्मको सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा सुरु गरिएको छ । अस्पतालबाट तीनवटा सेवा पाउन थालेपछि यहाँका नागरिक खुशी भएका छन् । यी तीनवटै सेवाको मङ्गलबार आरम्भ गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओली, सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल र प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले संयुक्तरूपमा नयाँ सेवा सुरु भएको घोषणा गरे ।

National Life

अस्पताल स्थापना भएको दुई वर्षपछि स्वास्थ्य बिमा, सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा प्रवाहले नागरिकको स्वास्थ्य उपचारमा सहज भएको र जिल्लावासी पनि उत्साहित भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन्। नागरिकलाई सेवाबारे बुझाउन उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । “कुकुरले टोकेपछि बिरामीले निजी मेडिकल खोज्दै हिँड्ने गरेका थिए, टाढाको रुकुमपश्चिमको सल्ले अस्पतालमा पुगेर भ्याक्सिन लगाउने गरेका थिए”, उनले भनिन्, “सुरक्षित गर्भपतन गराउन अर्को जिल्ला जाने गरेका थिए, अब त्यो समस्याको अन्त्य भयो ।”


तीनवटै सेवा सुरु भएसँगै जिल्लावासीलाई स्वास्थ्य उपचारमा राहत मिल्ने भएको छ । नयाँ सेवाप्रवाह स्वास्थ्यकर्मीले नागरिकलाई सहजरुपमा दिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओलीले आग्रह गरिन् । रुकुमपूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा गणेश चौधरीले नागरिकका गुनासा अब कम हुँदै जाने बताइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया