• १९ असोज २०८३, सोमबार
  • ११ः२१ राती

एमाले जिल्ला अधिवेशनबाट डडेल्धुरामा साउद र ओझा भिड्दै

प्रकाशित मिति

२०७८ पुष २५ गते, आईतवार ०२:१५

२५ पुस २०७८, काठमाडौँ :  नेकपा एमाले डडेल्धुराको नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्ताको नामावली सार्वजनिक गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।

National Life

वर्तमान अध्यक्ष प्रकाश साउद र अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझा ९विपिन० ले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, एक उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा केशव बोहरा, खड्कबहादुर बोहरा, धनबहादुर धामी ९विवेक० र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।


यस्तै, एक सचिव पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। सचिव पदमा करन ताम्राकार र गजेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, दुई उपसचिव पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । उप–सचिवमा अन्जु गैरी, मीन बोगटी र शान्ति भट्ट जोशीको उम्मेदवारी परेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया