• १८ असोज २०८३, आइतबार
  • ७ः२० बेलुका

गुल्मी उद्योग बाणिज्य संघको अधिवेशनबाट अध्यक्षमा पौड्याल निर्वाचित

प्रकाशित मिति

२०७८ पुष २५ गते, आईतवार १२:५८

२५ पुस २०७८, काठमाडौँ : गुल्मी उद्योग बाणिज्य संघको अधिवेशनबाट निवर्तमान उपाध्यक्ष ईश्वरी पौड्याल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३०औं साधारण सभाले पौडेलको अध्यक्षतामा आगामी तीन वर्षका लागि १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

National Life

समतिको वरिष्ठ उपाध्यक्षमा  क्रमशः रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ, तारा भुसाल निर्वाचित भएका छन् । त्यस्तै महासचिव ईश्वरीप्रसाद बेलवासे, सचिव चेतनारायण पाण्डे , कोषाध्यक्ष बिष्णु अधिकारी र सह–कोषाध्यक्ष ईश्वरी कँडेल निर्वाचित भएका छन् ।


पदाधिकारी सहित १८ सदस्यीय कार्य समिति निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पौड्यालले बताए । त्यस्तै सदस्यहरुमा गणेश पाण्डे, कृष्ण खनाल , चन्द्रमणि पाण्डे, ईश्वरी मरासिनी , महेशराज भण्डारी, निषेस श्रेष्ठ, ज्ञानबहादुर भलामी , कमला श्रेष्ठ, तेजेन्द्र श्रेष्ठ, शशी केसी , पार्वती पाण्डे, राधा पोखरेल, सुधन अर्याल , चन्द्रमणि भण्डारी , लतिप मिया र शेरबहादुर चुँदरा चयन भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया