• १९ असोज २०८३, सोमबार
  • ५ः२७ बेलुका

भक्तपुर एमाले अध्यक्षमा देउजा, १०५ सदस्यीय जिल्ला कमिटी गठन

प्रकाशित मिति

२०७८ पुष २५ गते, आईतवार ०७:५६

२५ पुस २०७८, भक्तपुर : नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । आज साँझ सम्पन्न अधिवेशनले बन्द सत्रले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा बासुदेव थापा, सचिवमा मोहनबीर श्रेष्ठ, उप सचिवमा दामोदर दंगाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिनु भयो ।

National Life

सबै पदमा सर्वसहमति भए पछि अध्यक्ष मण्डलका अध्यक्ष एवं नेकपा एमालेका पोलिट व्यूरो सदस्य महेश बस्नेतले सबन्द शत्रको हलमा सबैको नाम पढेर प्रस्तावका रुपमा पेश गर्नु भएको थियो । उहाँले पेश गर्नु भएको नामलाई बन्द शत्रको हलले ताली बजाएर पारित गरेको थियो ।


त्यसैगरि जिल्ला कमिटीमा ममोनित हुने १७ जना र सल्लाहकार समितिको समेत नाम टुङ्याएको र आजै सपथ ग्रहण पछि बस्ने पहिलो जिल्ला कमिटी बैठकले उक्त नामलाई अनुमोदन गर्ने कार्यक्रम तय भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया