• २० असोज २०८३, मंगलबार
  • २ः३७ राती

दक्षिण कोरियाले गर्यो उत्तर कोरियासँग वार्ताको प्रस्ताव

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार १२:२५

२२ पुस २०७८, काठमाडौं : दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताका लागि जोड दिएका छन् । उत्तर कोरियाले बुधबार अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको थियो । त्यसलगत्तै दक्षिण कोरियाका राष्ट्रपति इनले सो प्रस्ताव अघि सारेका हुन्।

National Life

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले बुधबार सो क्षेप्यास्त्र उत्तर कोरियाले हालेको भनी दाबी गरेका थिए । उत्तर कोरियाद्वारा प्रक्षेपण गरिएको ब्यालेस्टिक मिसाइलको फाइल फुटेज टेलिभिजनमार्फत देखाइएको थियो ।


दक्षिण कोरिया र जापानले सो क्षेप्यास्त्र उत्तर कोरियाले नै हानेको दाबी गरिरहेका छन् । उत्तर कोरियाले गरेको यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने जापानिज कोस्ट गार्ड ९जेसीएस० ले पनि जनाएको थियो । तर ती अधिकारीहरुले योबारेमा अझै यकीन भने भइसकेको छैन भनेका छन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले समय समयमा यो क्षेप्यास्त्र हान्ने गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दक्षिण कोरियाली राष्ट्रपति इनले उत्तर कोरियासँग अन्तर कोरिया वार्ताका लागि आग्रह गरेका हुन्। उनले सो वातावरण बनाउन पनि आग्रह गरेकका दक्षिण कोरियाली मिडियाले जनाएका छन् । यस्तो अवस्थामा शान्ति वार्तालाई अघि बढाउनुपर्ने भन्दै उनले यसका लागि उत्तर कोरियाले पनि वातावरण बनाउनुपर्ने बुधबार यहाँ आयोजना गरिएको एक रेलसम्बन्धी समारोहलाई सम्बोधनका क्रममा बताएका हुन् ।

(एजेन्सी )

प्रतिकृया