• १९ भदौ २०८३, शुक्रबार
  • २ः५६ दिउँसो

भक्तपुरको खरिपाटी हत्याकाण्डः सावित्रीकाे हत्यामा संलग्न उनकै छाेरीसहित चार पक्राउ

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार १२:२०

भक्तपुरको खरिपाटी हत्याकाण्डः आमा मार्न छारीको सुपारी, भारतबाट आएका थिए हत्यारा काठमाडौंः भक्तपुरको चाँगुनारायण नगरपालिका(७, खरिपाटी बाँसबारीमा भएको हत्यामा उनकै छोरीको संलग्नतामा भएको खुलेको छ।

आइतबार बिहान सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका(५ घर भई भक्तपुरमा छोरी इश्वरी भट्टराईको घरमा बस्दै आएकी ६१ वर्षीय सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको हो। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज पत्रकार सम्मेलन गर्दै सो हत्या छोरी इश्वरीले आफ्ना प्रेमी सिरहाको कल्याणपुर नगरपालिका(४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसादसँगको संलग्नतामा गराएको जनाएको छ।

Kamana Sewa

२७ वर्षीया इश्वरीको मोहम्मदसँगको सम्बन्धका बारेमा आमा सावित्रीलाई थाहा भएपछि सो कुरा बाहिर नआओस् भन्न आमाको हत्या गराएको इश्वरीले स्वीकार गरेको महाशाखाका एसएसपी शहकुल थापाले जनाकारी गगराए हत्या आरोपमा प्रहरीले छोरी इश्वरीसहित मोहम्मद नैसाफ, अर्जुनकुमार भन्ने भोलाकुमार र र मोहम्मद राहिसलाई पक्राउ गरेको हो । यसरी गरिएको थियो हत्या मोहम्मद नैसाद ईश्वरी भट्टराईको प्रेमी भएको खुलेको छ ।

Classic Tech Desktop

ईश्वरी विवाहित हुन् । उनका श्रीमान् विमानस्थल क्षेत्रमा होटलमा काम गर्दै आएका थिए । प्रहरीका अनुसार ईश्वरी र मोहम्मद नैसादबीच तीन वर्षदेखि प्रेम सम्बन्ध चल्दै आएको थियो भने ईश्वरीले मोहम्मदलाई विदेश पठाउन एक लाख सहयोग गरेको पनि खुलेको छ । आफूहरुको सम्बन्ध आमालाई थाहा भएपछि छोरीले आफूहरुको बीचबाट आमालाई हटाउनुपर्ने प्रस्ताव मोहम्मदसँग गरेको । मोहम्मदले आफू एक्लैले आमालाई मार्न नसक्ने, भारतबाट केही व्यक्तिलाई बोलाउने र त्यसका लागि पैसा लाग्ने बताए ।

उनीहरुबीच सहमति भएपछि ईश्वरीले आमालाई मार्नका लागि १२ लाखको सुपारी दिने सहमति भएको खुलेको छ । जव १२ लाखमा कुरा मिलेपछि मोहम्मदले भारतबाट दुईजनालाई नेपाल बोलाएको थिाये र उनीहरुले आइतबार पहिलो पहटक ९ बजे हत्या प्रयास गरेको तर नाति सँगै भएकोले फर्किएर एको र पुनः ११ बजेको समयमा आउर हत्या रेर फरार भएका थिए ।

बिहान मोहम्मद लगायतको टोली कोठामा गएपछि दुई–तीन मिनेट उनीहरुका बीचमा विवाद पनि भएको र त्यसपछि उनीहरुले मिलेर चक्कुले घाँटी रेटेर हत्या गरेको प्रमुख थापाले जानकारी दिएका छन् । हत्याका लागि यसका लागि मोहम्मदले भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमारु भनिने भोला कुमारको सहयोग लिएका थिए र भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई हत्या गर्न सुपारी दिएका थिए।

प्रतिकृया