• २० असोज २०८३, मंगलबार
  • ८ः५६ राती

नबिल बैंकद्धारा सुदूरपश्चिममा दिगो बैंकिङ्ग विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ११:४३

२१ पुस २०७८, काठमाडौँ : नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउपालिकामा उद्यमशीलता विकाश तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बझाङ जिल्लाको बित्थडचिर गाउपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउपालिकामा नबिल दिगो बैंकिङ्ग अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएकोे हो ।

National Life

प्रेस विज्ञप्ती जारी गरी नबिल बैंकले बित्थडचिर गाउपालिका र आलिताल गाउपालिका संग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुचको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको जनाएको छ । उक्त साझेदारी मार्फत गाउपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको बताएको छ ।


कार्यक्रममा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुका साथै अन्य गाउपालिकाबासीहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । अन्र्तरक्रियाकै दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बैतडीको पञ्चेश्वर गाउपालिकामा ८ दिने तालिम कार्यक्रम सुरु


बैतडी जिल्लाको पञ्चेश्वर गाउपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउदै समृद्धि तर्फ अग्रसर गराउने उद्येश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धि ८ दिने तालिम कार्यक्रम सुरु भएको छ ।


यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउपालिका बीच त्रिपक्षीय समझदारी भएको थियो । यस कार्यक्रमले स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुच पु-याई देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको बैकले जनाएको छ ।


पञ्चेश्वर गाउपालिकाले युवा उद्यमका लागि आव्हान गरेको सूचनामा दरखास्त दिई छनौट भएका युवाहरु २०७८/०९/११ देखि २०७८/०९/१८ सम्म संचालन हुने यस ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागि भएका छन् । जुन तालिममा ४०० जनाले आवेदन दिएका थिए ।


नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको बताएको छ । नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको उल्लेख गरेको छ ।


कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गर्दै आएको बताएको छ ।

प्रतिकृया