• २० असोज २०८३, मंगलबार
  • ४ः४५ बेलुका

उत्तर कोरियाद्वारा प्रोजेक्टाइल प्रहार, ब्यालेस्टिक मिसाइल हुन सक्ने

प्रकाशित मिति

२०७८ पुष २१ गते, बुधबार ०८:०७

२१ पुस २०७८ काठमाडौँ : उत्तर कोरियाले प्रोजेक्टाइल प्रहार गरेको छ। दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफ (जेसिएस) का अनुसार उत्तर कोरियाले समुद्रमा प्रोजेक्टाइल प्रहार गरेको हो। जापानका तटरक्षकहरुले पहिलोपटक प्रोजेक्टाइलका सम्बन्धमा जानकारी गराएका हुन्। उनीहरुका अनुसार उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल हुन सक्छ। तर अहिलेसम्म पुष्टि भने हुन सकेको छैन।

National Life

ब्यालेस्टिक र परमाणु हतियार परीक्षणमा उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ। उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल रहेमा यो वर्ष पहिलो मिसाइल परीक्षण हुनेछ। दक्षिण कोरिया तथा अमेरिकी गुप्तचर अधिकारीले घटनाबारे नियालिरहेको जेसिएसले बताएका छन्।


केही दिनअघि नेता किम जोङ उनले देशको रक्षा क्षमता थप बलियो र कडा बनाउने बताएका छन्। त्यसको केही दिनपछि प्रोजेक्टाइल प्रहार भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया