आजदेखि देशभर बुस्टर डोज खोप दिन सुरु
प्रकाशित मिति
२०७८ पुष २० गते, मंगलवार ११:०५
२० पुस २०७८, काठमाडौँ : सरकारले आजदेखि देशभर कोभिड १९ विरुद्धको अतिरिक्त खोप (बुस्टर डोज) दिन सुरु गरेको छ । पूर्ण खोप लगाएको ३ महिना पूरा भएका ६० वर्षभन्दा माथिका नागरिकलाई मंगलबारदेखि यस्तो खोप दिन सुरु गरिएको हो ।
त्यस्तै, कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई पनि त्यस्तो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आधारमा सरकारले यो निर्णय गरेको हो।
मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामीले अतिरिक्त डोज पाउनेछन् । लक्षित व्यक्तिहरूले खोप कार्ड लिएर नजिकैको स्वास्थ्य संस्थामा गइ थप मात्रा खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ ।
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया