• ३ असोज २०८३, शनिबार
  • ४ः३९ बेलुका

आजदेखि देशभर बुस्टर डोज खोप दिन सुरु

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ११:०५

२० पुस २०७८, काठमाडौँ :  सरकारले आजदेखि देशभर कोभिड १९ विरुद्धको अतिरिक्त खोप (बुस्टर डोज) दिन सुरु गरेको छ । पूर्ण खोप लगाएको ३ महिना पूरा भएका ६० वर्षभन्दा माथिका नागरिकलाई मंगलबारदेखि यस्तो खोप दिन सुरु गरिएको हो ।

National Life

त्यस्तै, कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई पनि त्यस्तो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आधारमा सरकारले यो निर्णय गरेको हो।


मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामीले अतिरिक्त डोज पाउनेछन् । लक्षित व्यक्तिहरूले खोप कार्ड लिएर नजिकैको स्वास्थ्य संस्थामा गइ थप मात्रा खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया