• ४ असोज २०८३, आइतबार
  • ८ः४७ राती

आज मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ११:१८

सुनचाँदीको मूल्य

२० पुस २०७८, काठमाडौँ : मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

National Life

मूल्य घटेसंगै आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।


हिजो सोमबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ९०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया