• १९ असोज २०८३, सोमबार
  • ११ः०८ राती

सरकारलाई ओलीको प्रश्न-एमसीसीबारेको धारणा के हो ?

प्रकाशित मिति

२०७८ पुष १० गते, शनिबार ०६:५१

१० पुस २०७८, काठमाडौँ :  विराटनगर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सरकारी धारणा स्पष्ट हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा ओलीले भने, ‘एमसीसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ, त्यसपछि हाम्रो कुरा राख्छौँ ।’

National Life

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति सङ्घर्ष गरिरहने धारणा व्यक्त गरे । उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताए ।

प्रतिकृया