• २० असोज २०८३, मंगलबार
  • २ः४९ राती

स्वास्थ्य मन्त्रीको प्रेस सल्लाहकारमा बिडारी

प्रकाशित मिति

२०७८ पुष १० गते, शनिबार ०१:२६

१० पुस २०७८, काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन् । मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन् ।

National Life

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका बिडारी विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् ।


नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य तथा समाजवादी प्रेस संगठनका संस्थापक उपाध्यक्ष बिडारी दामन पोष्ट साप्ताहिक तथा दामन पोष्ट डटकमका सम्पादक हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया