• १९ असोज २०८३, सोमबार
  • ८ः३६ राती

आज कति पुग्यो डलरको मूल्य, यस्तो छ देशको मुद्राको विनिमयदर

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०९:१६

८ पुस २०७८, काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५९ पैसा र बिक्री दर १२१ रुपैयाँ १९ पैसा कायम गरेको छ ।

National Life

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ १० पैसा र बिक्री दर १३६ रुपैयाँ ७८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २७ पैसा र बिक्री दर १६१ रुपैयाँ ०७ पैसा कायम छ ।


अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३० पैसा र बिक्री दर ८६ रुपैयाँ ७३ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५५ पैसा र बिक्री दर १० रुपैयाँ ६० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९३ पैसा र बिक्री दर १९ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया