• १९ असोज २०८३, सोमबार
  • ६ः३७ बेलुका

ओमिक्रोन भेरियन्ट : संक्रमण तीव्र हुँदा अस्पतालहरु समस्यामा आउन सक्ने चेतावनी

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०८:४३

८ पुस २०७८, काठमाडौँ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण मध्यम रहेको बेलायत र दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनबाट देखिएको छ। कोरोना भाइरसका अरु भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित भएकाहरु अस्पताल भर्ना गर्नुपर्ने अवस्था कम आएको प्रारम्भिक तथ्यहरुले देखाएका हुन्।

National Life

विगतका अरु भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित भएकाहरुलाई अस्पताल भर्ना गर्नुपर्ने वा गम्भीर बिरामी पर्ने अवस्था ३० देखि ७० प्रतिशतसम्म कम रहेको देखिएको हो। तर ओमिक्रोनको संक्रमणको प्रभाव मध्यम हुने देखिए पनि संक्रमण भने तीव्र गतिमा फैलिँदा अस्पतालहरु समस्यामा आउन सक्ने भन्दै चेतावनी दिइएको छ।


बेलायतमा बुधबार एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भयो। यो अहिलेसम्मकै धेरै हो। पछिल्लो समय पुष्टि भएका संक्रमितहरु अधिकांश ओमिक्रोन भेरियन्टका छन्। ओमिक्रोन भेरियन्टको संक्रमण कुन तहसम्म गम्भीर हुन सक्छ भन्ने जानकारी प्राप्त हुने क्रम आउँदै गर्दा त्यसविरुद्ध कसरी लड्ने भन्ने तय गर्न पनि सहज हुने विज्ञहरुले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया