• १८ असोज २०८३, आइतबार
  • ११ः५५ बिहान

अक्सफोर्ड विश्वविद्यालयको संग्रहालयमा भेटियो नेपालबाट चोरी भएको १३ सय वर्ष पुरानो मूर्ति

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०८:१९

८ पुस २०७८, काठमाडौँ : नेपालबाट चोरी भएको कम्तीमा १३ सय वर्ष पुरानो मूर्ति बेलायतको एक संग्रहालयमा फेला परेको छ। सातौँ–आठौँ शताब्दीको अवलोकितेश्वररबोधिसत्व पद्मपानीको ढुंगाको मूर्ति काठमाडौँको लगन टोल तः बहामा रहेको बौद्धबिहारबाट चोरी भएको थियो।

National Life

सन् १९८० को दशकमा चोरी भएको सो मूर्ति इंग्ल्याण्डस्थित अक्सफोर्ड विश्वविद्यालयको एश्मोलिएन म्युजियम अफ आर्ट एण्ड आर्किओलोजीको संग्रहमा फेला परेको नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ।


लगन टोलको बौद्धबिहारबाट सो मूर्ति चोरी हुनुपूर्व खिचिएको तस्बिर र अहिले अक्सफोर्ड विश्वविद्यालयको संग्रहालयमा रहेको मूर्तिको विश्लेषण गर्दा पहिचान भएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले जनाएको छ। सन् १९७६ मा कला अनुसन्धानकर्ता उलरिक भोन स्क्रोडरले खिचेका थिए। सो तस्बिर नेपाली ढुंगाका मूर्तिसम्बन्धी उनको हालै प्रकाशित पहिलो संस्करणको दोस्रो भाग पुस्तकमा समेटिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उलरिक भोनले दुई भागमा प्रकाशित गरेको ‘नेप्लिज स्टोन स्कल्प्चरस्’ नामक पुस्तकको पहिलो भागमा हिन्दू देवदेवी तथा मठमन्दिरमा रहेका मूर्ति र दोस्रो भागमा बौद्ध गुम्बा तथा बिहारमा रहेका मूर्तिहरु समेटिएका छन् ।


हाल अक्सफोर्ड विश्वविद्यालयको संग्रहालयमा पहिचान भएको मूर्तिको ‘फुटनोट’ (टिप्पणी) मा मूर्तिको माथिल्लो भाग र तल आधार टुटफुट भएकाले मर्मत गरिएको उल्लेख छ। उलरिक भोन स्क्रोडरको पुस्तकमा समेटिएको मूर्तिको तस्बिरमा टुटफुट भएको मूर्तिको शिरान तथा तलको आधार भाग पनि स्पष्ट देखिएको छ ।


पछिल्लो समय नेपालबाट चोरिएका वा हराएका पुरातात्विक महत्वका सम्पदाहरुको खोजीमा चासो बढ्दै गएको छ। सम्पदाको पहिचानमा ‘लस्ट आर्टस् अफ नेपाल’ ले निरन्तर काम गर्दै आएको छ।

प्रतिकृया