• १८ असोज २०८३, आइतबार
  • १०ः३५ बिहान

ओली देश दौडाहामा

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०८:०८

८ पुस २०७८, काठमाडौँ : दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्।

National Life

पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड भोली वीरगन्ज जाँदै हुनुहुन्छ। त्यसपछि १० गते झापा जाने कार्यक्रम छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।


विधान महाधिवेशनपछि झापा पुगेर माओवादीसँग आबद्ध दुर्गा प्रसाईंलाई एमालेमा प्रवेश गराई केन्द्रीय सदस्यसमेत बनाएका ओली फेरि झापा जाँदैछन्। पार्टी प्रवेशलगायतका कार्यक्रममा ओली आफैं सहभागी हुन रुचि राख्दै आएका छन्। कांग्रेस महाधिवेशन सुरु भएको दिन प्रज्ञाभवनमा वाग्मती प्रदेशले आयोजना गरेको कार्यक्रममा पनि ओलीले माओवादीबाट आएका केही कार्यकर्तालाई प्रवेश गराएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस दिन सो कार्यक्रममा ओलीले देशको अभिभारा के हो भनेर कांग्रेसलाई सिकाउनुपर्ने बताएका थिए। ‘कांग्रेस, माओवादी र नेकपा एसको प्रहारमा परेका ओली उनीहरूलाई नै प्रतिप्रश्न गर्दै एमालेमा थप क्षति हुन नदिने रणनीतिमा रहेका छन्’, एमालेका एक स्थायी कमिटी सदस्यले भने। एमाले विभाजनपछि नै ओलीले संगठनलाई चुस्तदुरुस्त राख्न नयाँ कार्यकर्ता भर्ती गर्नुपर्ने आवश्यकता महसुस गरेको एमाले नेताहरूको भनाइ छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिकृया