• १८ असोज २०८३, आइतबार
  • ९ः५० बिहान

मेलम्ची खानेपानी आयोजना मर्मत फास्ट ट्र्याकबाट

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०७:५४

८ पुस २०७८, काठमाडौँ : मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्ट ट्र्याकबाट अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भएको छ । मेलम्ची आयोजना मर्मत चाँडो सम्पन्न गरेर उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्ट ट्र्याकबाट मर्मतको काम अगाडि बढाउन सो प्रस्ताव पेश भएको हो ।

National Life

खानेपानी मन्त्रालयले आगामी चैतभित्र मेलम्चीको पानी उपत्यकामा आउने दाबी गरे पनि हालसम्म सुधारका काम बढाउन नसक्दा तोकिएको समयमा मेलम्ची आउनेमा आशंका छ । खानेपानी मन्त्रालयका अनुसार फास्ट ट्र्याकबाट मर्मत कार्य अगाडि नबढे मेलम्ची आयोजना सुधारको काममा ढिलाइ हुनेछ ।


झन्डै २ दशकको पर्खाइपछि उपत्यकामा आएको मेलम्ची खानेपानी आयोजनामा मनसनु सुरुवात भएको साता दिन नपुग्दै गत असार १ गते बाढीले क्षति पुगेको थियो । आयोजना क्षतिग्रस्त भएसँगै मेलम्चीको पानी कहिले आउँछ भन्ने अनिश्चित बनेको छ । मन्त्रालयले तोकिएको समयमा पानी वितरण हुनेगरी आयोजना मर्मतको काम चाँडै सम्पन्न गर्न फस्ट ट्र्याकबाट अगाडि बढ्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भए पनि कुनै निर्णय भएको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले आयोजना सुधारको काम फास्ट ट्र्याकबाट अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेश भएको बताए । “फास्ट ट्र्याकबाट आयोजना मर्मतको काम अगाडि बढाउन पर्छ, नभए कानुनी अड्चनहरु झल्नुपर्ने हुन्छ, सार्वजनिक खरिद ऐनले लगाएका बाधा अड्चनहरु फुक्ने भएकाले काम छिटो सम्पन्न गर्न फास्ट ट्र्याकमा जानुको विकल्प छैन,” उनले भने, “चैत १५ सम्ममा फेरि उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने हाम्रो योजना बनाएका छ, फास्ट ट्र्याकबाट जाँदा तोकिएकै समयमा हामी पानी वितरण गर्न सक्छौं ।” यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिकृया