• १८ असोज २०८३, आइतबार
  • ८ः१७ राती

सभामुख पार्टीको विशेष दूतजस्तो भए : एमाले सचिव भट्ट

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०६:४१

७ पुस २०७८, काठमाडौँ : नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । प्रेस चौतारी कैलालीले बुधबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उनले सापकोटाले सभामुखका रुपमा नभई कुनै पार्टीको दूतको रुपमा काम गरेका कारण संसदको गतिरोध अन्त्य हुन नसकेको बतए ।

National Life

‘नेकपा एमालेले उठाएका माग सम्बोधन गरिनुपर्छ भनेर हामीले संसदमा विरोध जारी राखेका छौं,’ सचिव भट्टले भने, ‘तर सभामुुखले सभामुखको रुपमा नभएर पार्टीको विशेष दूत बनेर काम गरिराखेका छन् । संसदीय मर्यादा कसरी कायम राख्ने ? कसरी चलाउने भन्ने ज्ञान समेत उहाँमा छैन ।’


सचिव भट्टले दल विभाजन अध्यादेश ल्याएर पार्टी फुटाई गलत नजीर स्थापित गरिएको पनि टिप्पणी गरे । ‘अहिलेको गठबन्धन सरकार प्रतिगमनलाई ठीक पार्‍यौं भनेको देखिन्छ । तर सरकार आफैं प्रतिगमनको बाटोमा हिँडेको छ,’ भट्टले भने, ‘अध्यादेशबाट ४० प्रतिशतलाई २० प्रतिशत बनाएर पार्टी फुटाउँदै पुनः ४० प्रतिशतमै पुर्‍याउने गलत नजीर स्थापित भएको छ । यो भविष्यका लागि राम्रो पक्ष होइन ।’

Classic Tech Mobile
Classic Tech Desktop

सचिव भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्बन्धी सम्झौता पारित गर्न अहिलेको सरकारसँग बहुमत भएकाले एमालेले तत्काल निर्णय नगर्ने प्रतिक्रिया दिए । ‘हाम्रो अध्यक्षले स्पष्ट रुपमा भन्नुभएको छ, गठबन्धन सरकारसँग १६५ जना सांसद छन् । उहाँहरुले एमसीसी सदनमा टेबुल गर्नुहुन्छ, एमालेले आवश्यक परेमा त्यसपछि मात्र निर्णय गर्छ,’ उनले भने, ‘यो विषयमा हामी प्रष्ट छौँ ।’

प्रतिकृया