• १८ असोज २०८३, आइतबार
  • ११ः०८ राती

शेयर बजारमा फर्कियो रौनक, आजै ९२ अंकको वृद्धि

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०४:५३

७ पुस २०७८, काठमाडौँ : आज बुधबार शेयर बजार परिसूचक नेप्सेमा उत्साह फर्किएको छ । यो साता पहिलो कारोबार दिन (सोमबार) घटेको बजार मंगलबारबाट भने बढ्न शुरु भएको हो । यो लय बुधबार समेत कायम रह्यो । आइतबार नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने गरी विभिन्न निर्देशन जारी गरेको थियो । यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ ।

National Life

मंगलबार ५६.७३ अंकले बढेको शेयर बजार बुधबार भने ९२.१६ अंकले वृद्धि भएको छ । यो ३.८२ प्रतिशतको वृद्धि हो । बजार २५०७.७० अंकमा पुगेको छ । बुधबार कुल २३३ कम्पनीको ५५ हजार ९ सय ९७८ वटा कारोबार भएको छ । यसबाट ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयर किनबेच भएको छ । बुधबार कारोबार रकम ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १ सय ४३ रुपैयाँको भएको छ । बुधबार सबै परिसूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी व्यापार उपसमूहका लगानीकर्ताले कमाएका छन् ।


बुधबार करिब एक दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार भएको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, माथिल्लो तामाकोशी, शिवम सिमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेप्से परिसूचकउत्साहजनकरुपमा बढेको दिन आज तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, थप ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको सुधार आएको नेप्सेले जानकारी दिएको छ ।


पछिल्ला केही सातायता निरन्तर घट्दै आएको नेप्से अर्थमन्त्रालय र राष्ट्र बैंकको एक/एक वटा निर्देशपछि उकालो लाग्न थालेको छ । अर्थमन्त्रालयले महालेखा नियन्त्रक र राष्ट्र बैंकलाई स्थानीय तहको बजेटलाई निक्षेपकारुपमा प्रयोग गर्न निर्देशन दिएको थियो । यस्तै, राष्ट्र बैंकले आयात घटाउन लिएको नीतिले समेत बजारलाई सकरात्मक दिशातर्फ धकेलेको हो ।

प्रतिकृया