प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न
प्रकाशित मिति
२०७८ पुष ७ गते, बुधबार ०४:१९
७ पुस २०७८, काठमाडौँ : प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गदै बैंक सञ्चालक समितिका अध्यक्ष श्री राजेन्द्रदास श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६५ का दरले हुने रु. २५७/३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थसमेत) दिने निर्णय गरेको छ ।
मंगलबार सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा श्री गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । विष्ट यस अघि पनि बैंकका सञ्चालक थिए ।
साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने शेयरधनी महानुभावहरु लगायत सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गर्दै साधारणसभामा अध्यक्ष श्रेष्ठले बैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।









प्रतिकृया