मतदाताहरु फेरि लाइनमा बसेर मतदान गर्न नपरोस् भन्ने चाहान्छन् : नेता सिटौला (भिडियो सहित )
प्रकाशित मिति
२०७८ मंसिर २८ गते, मंगलवार ०३:२८
२८ मंसिर २०७८, काठमाडौं : महामन्त्रीका उम्मेदवार कृष्ण प्रसाद सिटौलाले मतदाताहरुले नेपाली काङ्ग्रेस पार्टी सभापति चयनका लागि दोहोर्याएर लाइनमा बसि मतदान गर्न नपरोस् भन्ने चाहेको बताएका छन् । मंगलबार पत्रकारहरुसँग कु्रा गर्दै सिटौलाले मतदाताहरुको भावना यस्तो रहेको अभिब्यक्ति दिएका हुन् ।
नेपाली काङ्ग्रेस पार्टी सभापतिका लागि रेसबाट बाहिरिसकेका ३ उम्मेदवारहरुले पनि देउवालाई नै साथ दिने भइसकेकाले उम्मेदवारहरुले पनि पुन एकपटक लाइनमा बसेर मतदान गर्नपर्ने वातावरण सर्जिना नभइदिए हुने भन्ने भावना राखेका सिटौलाले स्पष्ट पारेका हुन् ।
” बाँकी ३ उम्मेदारहरुले पनि जनमतलाई कदर गर्दै देउवालाई समर्थन गरिसकेको अवस्थामा दोस्रो चरणमा मतदान गर्न दोहोर्याएर लाइनमा बस्नपर्ने परिस्थिति सिर्जना नगरिदिएको भए हुन्थ्यो भन्ने भावना रहे पनि शेखर कोइरालाले प्रतिस्पर्धामा नै जाने आशय राखेकाले मतदान गर्न पुन लाइनमा नैं खडा गर्नपर्ने भएको छ” , उनले भने
त्यस्तै, शेखर कोइरालाको इच्छा नै प्रतिस्पर्धामा जाने भएपछि सवैले मान्नपर्ने सिटौलाले बताएका छन् ।








प्रतिकृया