• १८ असोज २०८३, आइतबार
  • ९ः१५ राती

सभापतिको रेसमा देउवाले बाजी मार्ने , यस्ता छन् कारणहरु

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार ०२:०१

२८ मंसिर २०७८, काठमाडौं : नेपालका बर्तमान प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका हालका सभापति शेरबहादुर देउवाले पुन: पार्टी सभापतिको रेसमा बाजी मार्ने संकेत देखिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति निर्वाचनको दोस्रो चरणको चुनावी रेसबाट बाहिरिएका ३ उम्मेदवारमध्ये प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै सघाउने घोषणा गरिसकेकाले देउवा जितका नजिक देखिन्छन् ।

National Life

भोटका आधारमा निर्बाचनको पहिलो चरणमा देउवा नै प्रथम भएता पनि कुल खसेको मतको ५० प्रतिशत भन्दा माथि मत प्राप्त नभएका कारण सभापति चुन्न दोस्रो चरणको मतदान हुन लागेको हो । उक्त चरणमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले देउवालाई समर्थन गर्ने बचन दिइसकेका छन् । त्यस्तै, सभापतिको रेसबाट बाहिरिसकेका प्रकाशमान सिंहले पनि देउवालाई नै साथ दिने बताएका छन् । यस अर्थमा सभापतिको दौडमा देउवाले नै बाजी मार्ने प्रक्षेपण गरिएको छ ।


दोस्रो चरणका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुईजना बीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा सभापति पदका लागि ५ उम्मेदवार रहेकोमा सबैभन्दा बढी मत देउवा र दोस्रोमा शेखर कोइरालाले ल्याएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

पहिलो चरणमा ४ हजार ६ सय ८१ मतमध्ये देउवाले २२५८ मत पाएका थिए । उनका निकटम प्रतिस्पर्धी कोइरालाले १७०२, सिंह र निधिले क्रमश: ३७१ र २५० मत पाएका थिए । सिंह र निधि दुवैले देउवालाई नै सघाउने घोषणा गरिसकेका कारण दुबैले पाएको मत देउवालाई नै जोड्ने हो भने देउवाको पक्षमा २८७९ मत पुग्ने देखिन्छ ।

प्रतिकृया