• 4:40 pm

सभापतिको रेसमा देउवाले बाजी मार्ने , यस्ता छन् कारणहरु

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार ०२:०१

२८ मंसिर २०७८, काठमाडौं : नेपालका बर्तमान प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका हालका सभापति शेरबहादुर देउवाले पुन: पार्टी सभापतिको रेसमा बाजी मार्ने संकेत देखिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति निर्वाचनको दोस्रो चरणको चुनावी रेसबाट बाहिरिएका ३ उम्मेदवारमध्ये प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै सघाउने घोषणा गरिसकेकाले देउवा जितका नजिक देखिन्छन् ।


भोटका आधारमा निर्बाचनको पहिलो चरणमा देउवा नै प्रथम भएता पनि कुल खसेको मतको ५० प्रतिशत भन्दा माथि मत प्राप्त नभएका कारण सभापति चुन्न दोस्रो चरणको मतदान हुन लागेको हो । उक्त चरणमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले देउवालाई समर्थन गर्ने बचन दिइसकेका छन् । त्यस्तै, सभापतिको रेसबाट बाहिरिसकेका प्रकाशमान सिंहले पनि देउवालाई नै साथ दिने बताएका छन् । यस अर्थमा सभापतिको दौडमा देउवाले नै बाजी मार्ने प्रक्षेपण गरिएको छ ।


दोस्रो चरणका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुईजना बीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा सभापति पदका लागि ५ उम्मेदवार रहेकोमा सबैभन्दा बढी मत देउवा र दोस्रोमा शेखर कोइरालाले ल्याएका थिए ।


पहिलो चरणमा ४ हजार ६ सय ८१ मतमध्ये देउवाले २२५८ मत पाएका थिए । उनका निकटम प्रतिस्पर्धी कोइरालाले १७०२, सिंह र निधिले क्रमश: ३७१ र २५० मत पाएका थिए । सिंह र निधि दुवैले देउवालाई नै सघाउने घोषणा गरिसकेका कारण दुबैले पाएको मत देउवालाई नै जोड्ने हो भने देउवाको पक्षमा २८७९ मत पुग्ने देखिन्छ ।

प्रतिकृया