• १९ असोज २०८३, सोमबार
  • ८ः२६ राती

कांग्रेस महाधिबेशन: निर्वाचन समितिले सच्यायो मत परिणम, कसको कति ?

प्रकाशित मिति

२०७८ मंसिर २८ गते, मंगलवार १०:५८

२८ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसको निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको मत परिणाम सच्याएको छ । यसअघि डा. शेखर कोइरालाले पाएको भनिएको १ हजार ७ सय २९ मतबाट २७ मत घटाएर १ एक हजार ७०२ मत कायम गरिएको छ ।

National Life

त्यसैगरी विमलेन्द्र निधिले पाएको मतमा एक मत थपेर २५० मत कायम गरिएको छ भने कल्याण गुरुङको मतमा २ मत थपेर २२ मत कायम गरिएको मिडिया सेन्टरका सुरेश आचार्यले जानकारी दिए ।


यसअघि सार्वजनिक गरिएको शेरबहादुर देउवाको २ हजार २५८ मत कायमै भएको छ । त्यस्तै प्रकाशमान सिंहले पाएको ३७१ मत पनि सदर भएको छ । कुल ४ हजार ६८१ मतदातामध्ये ७७ मत बदर भएको आचार्यले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

यसो गर्दा बदर र प्राप्त मतको योगफल कुल खसेको मत ४६८१ भन्दा एक मत बढी हुन जान्छ । बदर मत ७७ भनिएकोमा ७६ मात्रै बदर भएको वा एक मत कतै गएके हुन सक्ने उनले बताए ।

प्रतिकृया