डा. शेखर र प्रकाशमानबीच वार्ता
प्रकाशित मिति
२०७८ मंसिर २८ गते, मंगलवार १०:४६

२८ मंसिर २०७८, काठमाडौं : नेपाली काँग्रेसका नेता शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । देउवा पक्षका नेता बालकृष्ण खाँणले सिंहलाई भेटेर फर्केलगत्तै डा. शेखर कोइरालाले प्रकाशमान सिंहलाई निवासमै गएर भेटेका हुन् ।
भेटका क्रममा डा कोइरालाले अब दोस्रो चरणको चुनावमा आफूलाई सघाउन सिंहसँग आग्रह गरेका थिए । जवाफमा सिंहले आफ्नो टिमका नेताहरूसँग छलफल गरेर सामूहिक रूपमा निर्णयमा पुग्ने जवाफ दिएका थिए ।
यसअघि सिंहले बालकृष्ण खाँणलाई पनि यही जवाफ दिएर पठाएका थिए । खाँणले दोस्रो चरणमा देउवालाई सघाउन सिंहसँग आग्रह गरेका थिए । प्रकाशमान सिंहले पहिलो चरणको चुनावमा ३७१ मतका साथ तेस्रो स्थान हासिल गरेका छन् ।
Recent News
- पर्सा पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सीप मेला २०८२’ मा संस्थागत साझेदार
- नेपाल एसबिआई बैंक द्वारा चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम
- नेपालको निर्यातमा ७७.७७ प्रतिशतको ऐतिहासिक वृद्धि
- प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु
- काठमाडौंमा लगाइएको हट्यो निषेधाज्ञा
- टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने तयारीमा
- संसदको कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर
- वाणिज्य बैंकको कर्जा प्रवाह बढ्यो, ११ महिनामा कति भयो लगानी ?
- रास्वपाले आज पनि बहिष्कार गर्यो संसद बैठक
प्रतिकृया