• १९ असार २०८३, शुक्रबार
  • ४:२४ बेलुका

प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार ११:४७

काठमाडौं महानगरपालिका—३१ बानेश्‍वर मिलन चोकबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् ।प्रदेश नम्बर ३—०२—००२प१०७४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार मगरले उक्त नगद दिन खोजे पश्चात नगद र अवैध घरेलु मदिरा २५ लिटर प्रहरीले बरामद गरेको बताएको छ ।

पक्राउ पर्नेमा प्युठान चोटपानी घर भइ बानेश्वर मिलन चोक बस्ने २८ वर्षीय यम बहादुर रोक्का मगर रहेका छन् ।अवैध घरेलु मदिरा ल्याउँदै छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्‍वरबाट खटिएको प्रहरी टोलीले मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

Kamana Sewa

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Classic Tech Desktop

प्रतिकृया