समुदाय—प्रहरी साझेदारी कार्यक्रम दरवारमार्गमा सम्पन्न !
प्रकाशित मिति
२०७६ असार १२ गते, बिहीबार ११:१५
समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त दरवारमार्गमा एसके इन्टरटेन्मेन्टका सदस्यहरुका लागि बुधबार सुरक्षा सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व पर्यटनमन्त्री परशुराम तामाङ, पूर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिन, नायक सरोज खनाल, प्रहरी अधिकृतहरु, एसके इन्टरटेन्मेन्टका पदाधिकारीहरु तथा समाजसेवी समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराधको बारेमा सचेतनामूलक लघु वृतचित्र प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले शान्ति, सुरक्षा कायम तथा सभ्य समाज निर्माणका लागि सबैले हातेमालो गरी अगाडि बढ्नुपर्ने बताए । अपराधलाई पूर्णरुपमा नियन्त्रण गर्नका लागि समुदाय—प्रहरी साझेदारी कार्यक्रम ल्याइएको पनि उनले बताए ।
एसके इन्टरटेन्मेन्टको आयोजना तथा महानगरीय प्रहरी परिसर काठमाडौंको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।






प्रतिकृया