• २० असोज २०८३, मंगलबार
  • ४ः०१ बिहान

लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, मृतकको पहिचान खुल्न बाँकी

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ०१:२४

२३ मंसिर २०७८, काठमाडौँ : लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

National Life

ग १ ज ६३१७ नम्बरको जिप दुर्घटनामा परि मृत्यु हुनेमा मर्स्याङ्दी गापा-२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ । साथै अर्का एक स्थानीयको पनि मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।


तर मृतक तीनै जनाको पहिचान भएको छैन । लमजुङ जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण बहादुर कार्कीले अहिले घाइतेको उद्वारका लागि घटनास्थलतर्फ जाँदै गरेको बताए । साथै खुदीको प्रहरी चौकीबाट प्रहरी खटाएको उनले बताए । प्रहरीका अनुसार उक्त जिप मर्स्याङ्दीको स्थानीय कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिले स्थानीयहरूले घाइतेहरूको उद्वार गरी अस्पतालतर्फ पठाउँदै गरेको बताएका छन् ।

प्रतिकृया