• १७ असोज २०८३, शनिबार
  • १ः५१ दिउँसो

पार्टीभित्र लोकतान्त्रिक आचरण बनाउन आफ्नो उम्मेदवारी रहेको छ : प्रकाशमान

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार १०:०१

मंसिर २३, २०७८, काठमाडौं : प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारीबाट आफू पछि नहट्ने बताएका छन्। काठमाडौंको नयाँबानेश्वरस्थित छक्कुबक्कु पार्कमा कृष्णप्रसाद भट्टराईको शालकि अनावरण गर्दै उनले आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताएका हुन्।

National Life

संस्थापनइतरबाट साझा उम्मेदवारका लागि पार्टीभित्र परामर्श भइरहेको बताउँदै उनले आफ्नै नाममा सहमति हुने दाबी समेत गरे। ‘सभापतिमा उठ्नका लागि म जेन्युइन तरिकाले लागेको छु,’ उनले भने कुनै हालतमा पछि हट्दिनँ।’ पार्टीभित्र लोकतान्त्रिक आचरण बनाउन आफ्नो उम्मेदवारी रहेको समेत उनले बताए।


शुक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि कांग्रेस संस्थापनइतरले हालसम्म सभापतिको साझा उम्मेदवार तय गर्न सकेको छैन। मंगलबारदेखि निरन्तर छलफलमा जुटे पनि शीर्ष नेताहरुबीच सहमति हुन नसक्दा उम्मेदवार तय हुन नसकेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

सो समूहबाट नेतासिंह सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरेका छन्।

प्रतिकृया